Monday, April 4, 2016

अनाथ र अपाङ्ग बालबालिकाका लागि विशेष साङ्गीतिक कार्यक्रम

काठमाडौँ, २२ चैत । नेपालका अनाथ र अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ रुपन्देही सोसियल नेटवर्कले नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नयाँ वर्ष २०७३ को अवसरमा आयोजना गरिने कार्यक्रमबाट सङ्कलन भएको रकम नेपालका भूकम्प प्रभावित जिल्लाका अनाथ र अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गरिने संस्थाका अध्यक्ष राज खनालले जानकारी दिनुभयो ।

आउँदो शनिबारका दिन अस्ट्रेलियाको सिड्नीको क्याम्प्सीमा हुने नयाँ वर्ष म्युजिकल नाइट २०७३ मा गायक यम बराल, सनुप पौडेल, आकाङ्क्षा बराल र सुजाता उपाध्यायलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

संस्थाको उपाध्यक्षमा सन्तोषकुमार केसी, महासचिवमा कृष्ण गैरे, कोषाध्यक्ष रोशन कोइराला, योजना व्यवस्थापकमा मुक्तिराम पोखरेल र सांस्कृतिक संयोजकमा ईश्वर पोखरेल रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts