Monday, April 4, 2016

प्रवेशिका परीक्षार्थी झाडापखालाबाट पीडित

जाजरकोट, २२ चैत । दशेरा गाविसमा झाडापखालाबाट पैँतिसभन्दा बढी बिरामी भएका छन् ।

जिल्लाको जनप्रिय उमावि दशेरामा प्रवेशिका दिँदै गरेका विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षक चार र १६ स्थानीय बिरामी परेका हुन् । पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनबहादुर थापा र २० परीक्षार्थी बिरामी परेको केन्द्राध्यक्ष अधिकारीले बताउनुभयो । परीक्षा केन्द्रमै अहिले बिरामीको उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका महामारी प्रमुख कृष्णबहादुर खत्रीले अवस्था हेरेर थप औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्न सकिने जानकारी दिँदै उहाँले भन्नुभयो– “अवस्था बुझिरहेका छौँ, सुधार नआए तत्काल जिल्लाबाट थप जनशक्ति परिचालन गर्छौं ।”

उपचार नपाउँदा मृत्यु

समयमा उपचार नपाउँदा एक महिलाको ज्यान गएको छ । खगेनकोटको सावनेखेत मनमई भिरबाट लडेर गम्भीर घाइते भएकी खगेनकोट–६ कि कल्पना खत्रीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा आज सुर्खेतको छिन्चुमा ज्यान गएको उहाँका श्रीमान् गौरवले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts