Thursday, April 7, 2016

प्रलेसंको दसौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ, २६ चैत । प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलन आजबाट सुरू हुँदै छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म चल्ने सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सङ्घका अध्यक्ष डा अमर गिरीका अनुसार सम्मेलनमा देशभरबाट करिव १५० प्रतिनिधि सहभागी हुनेछन् ।

विसं २००९ सालमा स्थापना भएको सो संस्था सबै वामपन्थी लेखकको एक मात्र साझा संस्था हो । श्यामप्रसाद शर्माको अध्यक्षतामा सो संस्था गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनका अवसरमा साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, विमल निभा, कृष्णदास श्रेष्ठ, राम विनय, कविता पौडेल, वेणु आचार्य र झपेन्द्र वैद्यलाई सम्मानित गर्ने कार्यक्रम छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts