Wednesday, April 6, 2016

युवतीको उद्धार

पर्सा, २४ गते । वीरगन्जको छपकैयाबाट आज प्रहरीले एक युवतीको उद्धार गरेको छ ।

आफ्नो इच्छा विपरित बाबुआमाले विवाह गरिदिन लागेको उजुरी युवतीले नै दिएपछि वीरगन्ज उपमहानगरपालिका–२ छपकैयाकी १८ वर्षीय रिङ्कु ठाकुरलाई जिल्ला प्रहरी कार्यालय र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको हो ।

कक्षा १२ मा अध्ययनरत रिङ्कुको कक्षा ७ मात्रै पढेका युवकसँग जबरजस्ती विवाह गर्न लागेको जानकारी युवतीले नै गराएपछि उद्धार गरिएको प्रहरीले जनाएको छ । युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

अध्ययन सम्पन्न गरेपछि मात्र विवाह गर्ने बताउँदासमेत बाबुआमाले जबरजस्ती विवाह गर्न लागेपछि प्ररहीसँग सहयोग मागेको रिङ्कुले बताउनुभयो । परिवारको प्रतिष्ठाको डर देखाइ इच्छा विपरित विवाह गर्दा दुःख पाएको घेरै घटना देखिएपछि आफूले मात्र वलिदानी किन दिने भन्दै समाजका लागि केही गर्ने अठोटका साथ घर छाड्ने निर्णय गरेको रिङ्कुको भनाइ छ ।

इच्छा विपरित आफूले विवाह नगर्ने बताएपनि बुबाआमाले नमानेको भन्दै रिङ्कुले दिएको उजुरीको आधारमा उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts