Tuesday, April 19, 2016

र अठस करडक आल उतपदन

रत्ननगर (चितवन), ७ वैशाख । यो वर्ष करिब रु ८८ करोडको आलु उत्पादन भएको छ ।

जिल्लामा कुल एक हजार ९१८ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ३५ हजार ९९ मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष आलु प्रतिकिलो रु २० देखि रु ३० सम्ममा बिक्री भएको थियो । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार गत वर्ष ३४ हजार ६०८ मेट्रिक टन उत्पादन भएकोमा रु साढे ८६ करोड आम्दानी भएको थियो ।

यस वर्ष आलु विकास कार्यक्रमअन्तर्गत कृषकलाई जिल्लामा पाँच मेट्रिक टन बीउमा ७५ प्रतिशतका दरले अनुदान दिएको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts