Tuesday, April 19, 2016

सरकर सवसथय ससथक परबदरधन गरन परतबदध

नवलपरासी, ७ वैशाख । स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकार सबैखाले सरकारी स्वास्थ्य संस्थाहरूको प्रबद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पताल परिसरमा निमार्ण गरिएको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री चौधरीले तत्कालै पृथ्बी चन्द्र अस्पताललाई ५१ शैयाको स्वीकृत दिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

सबै नेपालीलाई शुलभ स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकारले विभिन्न कार्यक्रम अगाडि बढाएको बताउँदै मन्त्री चौधरीले जनतालाई सरल र सहज स्वास्थ्य सेवा पु¥याउनु सरकारको जिम्मेवारी हो भन्नुभयो ।

सो अवसरमा अस्पतालको भवन निमार्णमा महत्वपूर्ण योगदान पु¥याउने रामग्राम नगरपालिका, जिल्ला विकास समिति र ठेकदार कम्पनीलाई सम्मान गरिएको थियो ।

भारतीय दूतावासको रु तीन करोडको सहयोगमा निर्माण भएको पच्चीस शैया क्षमताको उक्त भवनमा सबैखाले स्वास्थ्य सुबिधा दिन मिल्ने गरी करिब १२ कक्ष रहेको अस्पताल विकास समितिकी अध्यक्ष लक्ष्मी क्षेत्रीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts