Friday, April 29, 2016

‘अबको मुद्दा देश विकास’ – मन्त्री राई

काठमाडौँ, १७ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभएको छ ।

बेलायती सर्वोच्च युद्ध पदक (भिसी) विजेता एक मात्र जीवित व्यक्तित्व रामबहादुर लिम्बूको जीवनीमा आधारित ‘द जेन्टल वारेयर’ नामक वृत्तचित्र प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै अब सम्पूर्ण राजनीतिक दलहरूको एक मात्र सवाल ‘देश विकास’ हुनुपर्छ भन्नुभयो ।

“संविधान एकपटक बनाएपछि सधैँका लागि भन्ने हुँदैन, त्यसलाई संशोधन गर्न सकिन्छ, त्यसैले मधेसी समुदाय तथा अन्य समुदायको अधिकारलाई सहमति र संवादका आधारमा संशोधनमार्फत समावेश गर्न सकिन्छ” – सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले भन्नुभयो ।

नेपालकै स्रोत÷साधनको प्रयोग गरी आत्मनिर्भर हुँदै वैदेशिक रोजगारीका लागि विदेश गएका युवालाई समेत स्वदेशमै रोजगारीको व्यवस्थाको सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले आगामी २०७३÷७४ को बजेटलाई जनमुखी र नतिजामुखी बनाउने तयारी भइरहेको बताउनुभयो । ४५ मिनेटको वृत्तचित्रमा भिसी लिम्बूको सैनिक र पारिवारिक जीवनलाई समेटिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts