Friday, April 15, 2016

‘परदेशमा झरेको फूल’ बजारमा

काठमाडौँ, ३ वैशाख । लेखक दिनेश भुसालद्वारा लिखित ‘परदेशमा झरेको फूल’ नामक उपन्यास आजदेखि बजारमा आएको छ ।
पुस्तकमा विदेशमा जाने नेपालीको दुःख, पीडा तथा सफलताको कथालाई समेटिएको छ । यहाँ आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको विकासका लागि कृषि र पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको हुँदा त्यस क्षेत्रमा लगानी बढाई रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

साहित्यकार गोविन्द गौतमले मुलुकमा रोजगारीको अवसर खोलेर वैदेशिक श्रममा जाने जनशक्तिलाई रोक्नका लागि पुस्तकले प्रेरणा दिने बताउनुभयो ।

लेखक भुसालले वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणको निश्चित हिस्सालाई सरकारले ऊर्जा उत्पादनका क्षेत्रमा सदुपयोग गरी उनीहरुलाई लाभांश उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts