Tuesday, April 12, 2016

पत्रकार महासङ्घ बाँकेको साधारणसभा

नेपालगन्ज, ३० चैत । नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले नेपाली पत्रकारितालाई थप मर्यादित बनाउन पूर्ण व्यावसायिक पत्रकारिता हुनु आवश्यक भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित महासङ्घ बाँके शाखाको ११औँ साधारणसभा उद्घाटन समारोहमा उहाँले भन्नुभयो–“पत्रकारको हकहित र पत्रकारितालाई उत्तरदायी बनाउन महासङ्घले रणनीतिक योजनाको गृहकार्य पनि तयार गरेको छ ।”

त्यस अवसरमा ६० वर्ष उमेरमाथिका ६ जना पत्रकार लियाकत अली, रामगोपाल वैश्य, पूर्णलाई चुके, पन्नालाल गुप्ता, वासुदेव श्रेष्ठ र गणेश जिसी तथा महासङ्घका पूर्वजिल्ला अध्यक्षहरु नीरज गौतम, हेमन्त कर्माचार्य, शुक्रऋषि चौलागाईं र प्रेम केसीलाई सम्मान गरिएको थियो ।

साधारणसभा उद्घाटन समारोहमा सांसद दलबहादुर सुनार, प्रजिअ रबिलाल पन्थी, प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यात, नेकपा (एमाले)का रत्न खत्री लगायतका वक्ताले प्रेस स्वतन्त्रतालाई जनताको हितमा प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts