राजविराज, १५ वैशाख । सप्तरी दिघवामा १० परिवार आगलागीबाट घर गुमाएपछि अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
गत सोमबार भीषण आगलागीबाट खाद्यान्न, लताकपडा र भाँडावर्तन जलेर नष्ट हुँदा यहाँका अग्निपीडितको बिचल्ली भएको हो ।
चर्को गर्मीबाट बच्न अहिले उनीहरुसँग त्रिपालसमेत नरहेको अग्निपीडित दिघवा–४ का रामचलितर शर्माले बताउनुभएको छ ।
अग्निपीडितलाई अहिलेसम्म कुनै सङ्घसंस्थाले राहत वितरण नगरेकाले खान पनि समस्या भएको पीडितले गुनासो गरेका छन् ।
आगलागीमा १० परिवारका १६ वटा घर जलेर करिब रु ५० लाख मूल्य बराबर धनमाल क्षति भएको थियो । रासस
No comments:
Post a Comment