Wednesday, April 27, 2016

दुर्घटनामा दुई जना गम्भीर घाइते

बनेपा, १५ वैशाख । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित तीनपिप्लेमा आज भएको सडक दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर भएकाले धुलिखेल अस्पतालबाट थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँचखाल नगरपालिका–४ बस्ने ३२ वर्षीय नारायण सापकोटा र सोही ठाउँका ३५ वर्षीय अमृत सापकोटा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार दोलखाबाट काठमाडाँै जाँदै गरेको बा३ख २७८५ नं को यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको बा७१प ३४०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts