Friday, April 8, 2016

मुलुकको समस्या समाधान गर्न एकता आवश्यक

काठमाडौँ, २७ चैत । मुलुकमा व्याप्त विभिन्न समस्या समाधान गर्दै राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति क्रान्तिकारीहरू बीचको एकताको आवश्यकता औँल्याइएको छ ।

विप्लप नेतृत्वको नेकपा माओवादीद्वारा यहाँ आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताहरूले राष्ट्रियतालाई जोगाउनका निम्ति पनि छरिएर रहेका क्रान्तिकारी बीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले एकीकृत नेकपा (माओवादी)का काठमाडौं क्षेत्र नं ४ का इन्चार्ज सन्तोष सुवेदीलाई नेकपा माओवादीमा प्रवेश गराउँदै क्रान्तिकारी बीचको ध्रुविकरणभन्दा पनि एकीकरण हुनुपर्छ, भन्नुभयो ।

त्यस्तै पार्टी नवप्रवेशी सन्तोष सुवेदीले एनेकपा माओवादीले महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकाले आफूले पार्टी त्यागेर नेकपा माओवादीमा प्रवेश गरेको स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts