Friday, April 22, 2016

कममयक कससयक गलडकपक उपध आयजक सयपतर रतलई

पाँचथर, १० वैशाख । पाँचथरको यासोकमा सम्पन्न प्रथम कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकपको उपाधि आयोजक सयपत्री रातोले जितेको छ ।

आज भएको फाइनलमा चर्च व्वाइज क्लब काठमाडौँलाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक रातोले उपाधि जितेको हो । सयपत्रीको जितमा दिलेन मोक्तान तामाङले ३९ औँ, सञ्जोक राईले ५२ औँ र कर्ण लिम्बूले ६८ औँ मिनेटमा गोल गर्दै टिमको जीत सुनिश्चित गरे । चर्च ब्वाइजका लागि सान्त्वना गोल मार्टिनले ५८ औँ मिनेटमा गरे ।

जीतसँगै आयोजकले रु एक लाख ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले रु ७५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा नेपालका छसहित भारत र भुटानका एक÷एक गरी आठ टोलीको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts