लहान, १८ वैशाख । दलित समुदायका छात्रालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत सिरहाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत एक सय २१ दलित छात्रालाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।
‘सेभ द चिल्ड्रेन’को साझेदारीमा नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घले आधारभूत तह कक्षा १ देखि ८ सम्मका ६५ तथा मावि र उच्च शिक्षामा अध्ययनरत ५६ दलित छात्रालाई रु दुई लाख ३१ हजार ६०० को छात्रवृत्ति वितरण गरेको हो ।
लहानस्थित पशुपति माविमा आज आयोजित वितरण कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ सिरहाका अध्यक्ष मोहन पासवानले विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभयो । रासस
No comments:
Post a Comment