तुलसीपुर (दाङ), २१ चैत । पर्खाल भत्कँदा च्यापिएर जिल्लाको रामपुर गाविस, रामपुर निवासी २६ वर्षीय गोविन्द आलेको आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले दिनुभएको जानकारीअनुसार उच्च मावि रामपुरको पुरानो पर्खाल भत्काउने क्रममा च्यापिएका आलेलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
विद्यालयमा नयाँ पर्खाल लगाउनका लागि आलेले पुरानो पर्खाल भत्काउन लागेको बताइएको छ । रासस
No comments:
Post a Comment