Saturday, April 23, 2016

आर्थिक समृद्धिका लागि सरकार अघि बढ्दैः मन्त्री बस्नेत

हेटौँडा, ११ वैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधानको कार्यान्वयन गर्दै अब मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सरकार अघि बढेको बताउनुभएको छ ।

मकवानपुरको पश्चिमभेगमा पर्ने आग्रा गाविसमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै उहाँले तराई÷मधेसमा आन्दोलनरत दलहरुसँग आपसी सहमति र एकता कायम गरेर अघि बढ्न सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सरकारले तयार गरेको मापदण्डअनुरुप भूकम्पपीडित जनतालाई भोलि वैशाख १२ गतेदेखि घर बनाउन दिइने रकममध्ये प्रथम किस्ता उपलब्ध गराउन सम्बन्धित जिल्ला, गाविस र नगरपालिकामा टोली खटाइसकिएको उल्लेख गर्नुृभयो ।

मन्त्री बस्नेतले आन्दोलनका नाममा देशका विभिन्न स्थानमा हिंसा भड्काउने, अराजक गतिविधि बढाउने र समाजलाई उच्छृङ्खल बनाउने विभिन्न समूहलाई कडा कारबाही गर्नेतर्फ सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले जिल्लास्तरीय भलिबलमा प्रथम हुने सशक्त युवा क्लब आग्रा र दोस्रो हुने कुण्डलादेवी बहुउद्देश्यीय सहकारी संस्था दामनलाई क्रमश रु ५० हजार ५०० र ३० हजार तथा शिल्ड र प्रमाणपत्र प्रदान गर्नुृभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts