Friday, April 15, 2016

सरकार र मधेसकेन्द्रित दलले आफनो हठ त्याग्नुपर्ने

सप्तरी, ३ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसीहरुले उठाएको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।

पोर्ताहास्थित कङ्कालनी माविमा ‘मधेस जागरण’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार र मधेसकेन्द्रित दलले आफनो हठ त्यागी अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नुपर्ने बताउनुभयो ।

डा भट्टराईले सप्तरीमा स्वास्थ्य, शिक्षा, र रोजगारीको समस्या रहेको उल्लेख गर्दै अहिले रोजगारीको उचित व्यवस्था नरहेकाले धेरैजसो युवा दुबई, कतार, मलेसिया जस्ता मुलुकमा काम गर्न जार्नुपर्ने बाध्यता रहेकामा चिन्ता गर्नुभयो ।
यसैबीच डा भट्टराईले जनआन्दोलन– ३ मा सहिद भएका डेढा गाविस– ३ का वीरेन्द्र रामकी पत्नी बबिता र घाइते घुरन साफीलगायतका सहिद परिवारलाई सम्मान गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts