Wednesday, April 20, 2016

सवधन सबक सहमतक दसतवज ह परवसभमख नमवङ

इलाम, ८ वैशाख । पूर्वसभामुख तथा नेकपा (एमाले) नेता सुवास नेम्वाङले नेपालको संविधान जाति भाषा, लिङ्ग सबैको सहमतिको दस्तावेज रहेको बताउनुभएको छ ।

अनेरास्ववियु इलामले आज इलाममा गरेको संविधानसम्बन्धी अन्तरक्रियामा नेता नेम्वाङले नेपाली जनताले ७० वर्षदेखि नयाँ संविधानको जुन चाहना गरेका थिए त्यो चाहना आफूहरूले संविधानसभाबाट पूरा गराएको चर्चा गर्नु भयो ।

धेरैले यो संविधानलाई स्वीकार गरेको र थोरैले मात्र संविधान आफू अनूकूल नरहेको प्रतिक्रिया दिइरहँदा ९० प्रतिशत सांसदको हस्ताक्षरबाट अनुमोदित भएको यो संविधान विश्वकै उत्कृष्ट रहेको उहाँको दाबी थियो ।

अङ्गिकृत नागरिकताका विषयमा विभिन्न टिकाटिप्पणी आइरहँदा नेपालको संविधान विदेशी चेलीहरूप्रति उदार रहेको र संविधान जारी भएयता दुई हजार सातजना भारतीय चेलीहरूले अङ्गिकृत वैवाहिक नागरिकता प्राप्त गरेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts