Wednesday, April 20, 2016

आगलगम जलर दई बलबलकक मतय

कपिलवस्तु, ८ वैशाख । आज दिउँसो भएको आगलागीका कारण कपिलवस्तुमा दुई बालबालिकाको मृत्यु भएको छ ।

सदरमुकाम तौलिहवाको पश्चिम दक्षिण पर्ने कजरहवा गाविस–९ सिंग्रहा गाउँका राजेन्द्र नाउको छ वर्षीय छोरा सन्दीप नाउको आगोले जलेर मृत्यु भएको छ ।

यसैगरी सोही गाउँका गुड्डु पासवनको दुई महिने छोरी लक्ष्मी पासवनको आगलागाीको तातो रापले मृत्यु भएको सीमा प्रहरी चौकी हर्दौनाका नायब प्रहरी निरीक्षक सूर्यबहादुर कुवँरले बताउनुभयो ।

दिउँसो ३ बजे स्थानीय राम मिलन गोसाईको घरबाट सुरु भएको आगो गाउँभरी फैलिएको थियो । आगलागीका कारण गाउँका ३५ घर जलेर नष्ट नभएको छ भने करिब रु एक करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts