Wednesday, April 6, 2016

एमाले नेतृ भन्छिन्–सरकार परिवर्तनको सम्भावना छैन

काठमाडौँ, २५ चैत । नेकपा (एमाले)का केन्द्रीय सदस्य विना श्रेष्ठले तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) १४ नं टोल कमिटीले आज आयोजना गरेको भेलामा उहाँले जनताको लामो समयको सङ्घर्षपछि प्राप्त भएको संविधानसभाबाट संविधान जारी गर्नका लागि आफ्नो पार्टीले खेलेको भूमिकाको सराहना गर्दै मुलुकको राष्ट्रियताको संरक्षणका लागि वर्तमान सरकारले ठूलो योगदान गरेको बताउनुभयो ।

नेत्री श्रेष्ठले संविधानले सबै जातजाति तथा समुदायका अधिकारको सुरक्षा गरेको बताउँदै देशलाई अब आर्थिक समुन्नति गरी जनताको हितका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) काठमाडौँ उपत्यकाका सदस्य ओम थपालियाले काठमाडौँमा अहिले गाविस नभएको समयमा नगरको संरचनाअनुसार पार्टीको सम्मेलन सम्पन्न गर्न चुनौतिपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) १४ नं टोल कमिटीका अध्यक्ष धर्मशङ्कर घिमिरेले उक्त वडामा करिब ६०० सदस्य रहेको जानकारी दिँदै सङ्गठनात्मक पद्धतिअनुसार टोल व्यवस्थित गर्ने खाँचो रहेको औँल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts