Sunday, April 3, 2016

नेपाली टिमलाई नेपाली सेनाबाट आर्थिक सहयोग

काठमाडौँ, २१ चैत । अमेरिकास्थित सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीमा आगामी चैत २५ देखि २८ गतेसम्म हुने अन्तर्राष्ट्र्यि रोबोट प्रतियोगिता रोबोगेम्समा नेपालका तर्पmबाट भाग लिने टिमलाई आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाका तर्पmबाट रु पाँच लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

उक्त प्रतियोगितामा नेपालका तर्पmबाट नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी
(एनसिट)का विद्यार्थी एवम् नेपाल कलेज अफ इन्जिनियरिङ एसोसिएसनका सदस्य इन्जिनियर शशांकश्री न्यौपानेको नेतृत्वमा पाँच सदस्यीय इन्जिनियर टिमले सहभागिता जनाउन लागेको छ । सन् २०१५ मा आयोजना भएको उक्त इभेन्टमा समेत सोही टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द एवम् प्रतियोगितामा सहभागी हुनजाने पाँच सदस्यीय इन्जिनियर टिमको उपस्थिति रहेको विज्ञप्तिमा जनाइएको छ ।

यस किसिमको प्रतियोगितामा सहभागीता जनाउँदा सहभागीमा प्रोत्साहन एवम् आत्मभरोसा अभिवृद्धि हुने विश्वास पनि नेपाली सेनाले लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts