Sunday, April 3, 2016

बारको निर्वाचन मतपेटिका काठमाडौँमा

काठमाडौँ, २१ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको शनिबार देशका विभिन्न मतदान केन्द्रमा भएको निर्वाचनको मतपेटिका काठमाडौँ आइपुगेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार देशभर ३३ निर्वाचन केन्द्र रहेकामा आज साँझसम्म ३२ केन्द्रको मतपेटिका काठमाडौँ आइपुगेको छ ।

पदाधिकारीसहित २५ नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता सङ््ख्या नौ हजार ५२२ मध्ये सात हजार ८४५ मात्र मत खसेको थियो । काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो ।

सोमबार बाँकी रहेको एउटा मतदान केन्द्रको मतपेटिका काठमाडौँ आइपुग्ने र मङ्गलबार बिहानबाट मतगणना सुरु गरिने निरौलाले जानकारी दिनुभयो । सबै मतगणनाका लागि चार÷पाँच दिन लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts