Sunday, April 10, 2016

कृषकलाई निवृत्त दिइने : कृषि मन्त्री गजुरेल

भद्रपुर, २८ चैत । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषकको भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेसा अँगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको बताउनुभएको छ ।

कृषि विकास कार्यालयद्वारा आयोजित फार्म मेसिनरी हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गजुरेलले जनतालाई खाद्यान्नमा सुनिश्चितता गर्न सरकारले २७बुँदे कार्यनीति कार्यक्रम ल्याएको र यसबाट पलायन युवालाई कृषिमा फर्काउन सहयोग पुग्ने बताउनुभयो । “व्यावसायिक र आधुनिक खेती प्रणालीलाई विकास गर्न युवालाई कृषिमा आबद्ध गराउनु आवश्यक छ” उहाँले भन्नुभयो ।

परम्परागत खेती प्रणालीले लागत बढ्ने र उत्पादन पनि कम हुने भएकाले कृषकले प्रतिस्पर्धा गर्न नसकेको मन्त्री गजुरेलको भनाइ थियो । कृषि क्षेत्रको विकास भएमा स्वतः पुँजीको विकास हुने र यसैको आधारबाट राष्ट्र सबल एवम् सक्षम हुने भन्दै उहाँले अगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको ठोस योजना आउने जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts