चितवन, २८ चैत । विक्रमबाबा मेला भरेर पश्चिम चितवनको भुवनवस्तीतर्फ जाँदै गरेको मिनी बस चित्रवन नगरपालिका वडा नं. ५ हेल्थपोस्ट चोकमा आज साँझ दुर्घटना हुँदा बसमा सवार १९ जना घाइते भएका छन् ।
जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी चनौलीले जनाएको छ । बसमा ३५ जना सवार रहेको र टायर रड भाँचिएर बस नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज र चार जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ना३ख ५८९२ नं. को बस साँझ ५ः३० बजेको समयमा दुर्घटना भएको हो । रासस
No comments:
Post a Comment