Sunday, April 10, 2016

अज्ञात रोगबाट चौपाया मर्दै

सल्यान, २८ चैत । भल्चौर गाविसमा अज्ञात रोगका कारण दशभन्दा बढी चौपाया मरेका छन् ।
भल्चौर–७ मा एक सातादेखि फैलिएको सो रोगका कारण पछाडिको भाग नचल्ने, कराउने र पातलो सिंगान बग्ने लक्षण देखापरेको केही क्षणमै चौपाया मर्ने गरेको स्थानीयवासी डम्बर मल्लले जानकारी दिनुभयो । रोगका कारण हालसम्म एक गोरु सहित १८ बाख्रा मरेको बताइएको छ ।
बाख्रा चराउन जङ्गलमा जाँदा रोग गाउँभरि फैलिएको स्थानीयवासी शिवबहादुर शाहीले बताउनुभयो । “ बाख्रा चराउन जाँदा रोग छिट्टै फैलिने भयो, लक्षण देखिएको छोटो समयमै मर्ने भएकाले उपचार गर्न समेत कठिन भयो”, उहाँले भन्नुभयो ।
गाउँमा बाख्रा मर्न थालेपछि पशु सेवा केन्द्र भल्चौरबाट पशु सेवा प्राविधिक प्रभावित क्षेत्रमा खटाइएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु चौपायाहरुमा लागेको रोगको पहिचान हुन नसकेकाले लक्षणका आधारमा गरिएको उपचार गरिए पनि रोग नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts