काठमाडौँ, २८ चैत । राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो फोटो सेवालाई गुणस्तरीय र सुरक्षित बनाउन डिजिटल फोटो आर्काइभ तालिम सुरु गरेको छ ।
जर्मनीका सञ्चारकर्मीको अन्तर्राष्ट्रिय संस्था (आइआइजेबी) को सहयोगमा आजदेखि सुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ ।
तालिमको उद्घाटनमा बोल्दै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले यस तालिमले राससको फोटो सेवामा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्दै सहभागीले सिकेका कुराहरु फोटो सेवामार्फत समाजलाई प्रदान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा राससका महाप्रबन्धक निर्मला आचार्यले राससले फोटो सेवाको सुरक्षित र व्यवस्थित भण्डारणका लागि मन्त्रालयसँग पहल गरिरहेकाबेला सुरु भएको यो तालिमले थप सहयोग पुग्ने बताउनुभयो ।
आइआइजेबीका निर्देशक डा क्लाउस्ले तालिमले राससको फोटो सेवालाई गुणास्तरीय बनाउनुका साथै भण्डारणलाई व्यवस्थित बनाउने बताउनुभयो ।
राससका फोटोपत्रकार, रिपोर्टर र प्राविधिक गरी १५ जना सहभागी भएको उक्त तालिममा स्वदेशी तथा विदेशी प्रशिक्षकहरुले फोटो खिच्नेदेखि भण्डारण गर्नेसम्मका प्रक्रियाका बारेमा प्रशिक्षण दिनुहुनेछ । रासस
No comments:
Post a Comment