Thursday, April 28, 2016

पोल्यान्डका उद्योगी नेपालमा लगानी गर्न उत्सुक

काठमाडौँ, १६ वैशाख । नेपालका लागि पोल्यान्डका गैरआवासीय राजदूत थोमस लुकास्जुकले पोल्यान्डका उद्योगी व्यवासायी नेपालमा लगानी गर्न उत्सुक रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज चेम्बर भवनमा भएको भेटमा उहाँले पोल्यान्डका व्यवसायी खास गरी कृषि प्रशोधन उद्योगमा लगानी गर्न इच्छुक भएको बताउनुभयो । पोल्यान्डले नवीकरणीय प्रविधिमा हासिल गरेको उपलब्धि भित्र्याउन नेपालले चासो दिनुपर्ने बताउँदै गैरआवासीय राजदूत लुकास्जुकले पोल्यान्डमा वर्ष भरी भइरहने मेला तथा प्रदर्शनीबाट फाइदा लिन सूचना प्रविधिमा जोड दिन आग्रह गर्नुभयो ।

छलफलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक कूटनीतिको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल विशाल अर्थतन्त्र भएको चीन र भारतको बिचमा अवस्थित रहेको, चीनले करिब आठ हजार वस्तुमा भन्सार सुविधा प्रदान गरेको, भारतसँग विद्युत् विकास तथा विद्युत् व्यापार सम्झौता भएको र संविधान जारी भई राजनीतिक स्थायित्वतर्फ उन्मुख भएकाले नेपालमा लगानी गर्न उपयुक्त भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालका निर्यातयोग्य वस्तुको बजारीकरण लागि राजदूतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउँदै दुई देशका प्रतिनिधिको आदानप्रदान, मेला तथा गोष्ठीको आयोजना गरी द्विपक्षीय व्यापार तथा सम्बन्ध अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts