Thursday, April 28, 2016

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, १६ वैशाख । एएफसी चौध वर्षमुनि (यु १४) छात्रा क्षेत्रीय च्याम्पियनसिप फुटबलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

ताजिकिस्तानको एभिएटर स्टेडियमा आज भएको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ९–० को फराकिलो गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै हिजो बुधबार भएको पहिलो खेलमा पनि नेपाल भारतसँग ९–० गोलअन्तरले नै पराजित भएको थियो । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको छ ।

उक्त प्रतियोगितामा नेपाल बङ्गालादेश, भारत, भुटान, आयोजक ताजकिस्तान, कीर्गिस्तान र इरान गरी सात राष्ट्रको सहभागिता छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts