Wednesday, April 20, 2016

महल फटबल : फरकल जत नकलक आरम र सशसतर समफइनलम

काठमाडौँ, ८ वैशाख । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलले लगातार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फाको खेल मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चल विकास क्षेत्रलाई ९–० तथा सशस्त्रले सुदूरपश्चिमाञ्चलमाथि १४–० को सहज जित निकाल्यो ।

आर्मीका लागि १४, १६, ३५, ७७ र ८० औँ मिनेटमा शर्मिला थापाले पाँच गोल गरिन् । त्यस्तै, दीपा अधिकारीले ११, ३१ र ८९ औँ मिनेटमा गरी तीन तथा सपना लामाले ७१औँ मिनेटमा गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाए ।

त्यसैगरी, सशस्त्रका लागि सावित्रा भण्डारीले खेलको १०, ३१, ७७ र ७८ मिनेटमा चार गोल तथा समान स्कोर गरेकी सजना रानाले खेलको २५, ४१, ७६ र ८१ औँ मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै, अनिता बस्नेतले १४, ३९ र ७५ औँ मिनेटमा तीन गोल, अनु लामाले २९ र ९० जोड १ मिनेटमा दुई गोल तथा मनु दोङले ८९औँ मिनेटमा एक गोल गरेपछि सुदूरपश्चिम निरीह बनेको थियो ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा पनि दुवैले जित हात पारेका थिए । आजको जितले समान छ अङ्कका साथ दुवैलाई सेमिफाइनलमा पु¥याएको छ । गोलअन्तरमा एक गोलले अघि रहेको सशस्त्र लिगको पहिलो स्थानमा छ । दुवै टोलीबीच शुक्रबार हुने खेलले समूह विजेता टुङ्गो लाग्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts