Wednesday, April 27, 2016

क्याम्पसमा लागेको ताला दुई महिनापछि खुल्यो

डडेल्धुरा, १५ वैशाख । डडेल्धुरा बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा लगाइएको ताला झन्डै दुई महिनापछि खुलेको छ ।

कर्मचारीको भर्नाको विषयलाई लिएर गएको फागुन २१ गते क्याम्पसमा अध्ययनरत चार वटा विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी आज खुलेको हो ।

कर्मचारीको भर्नाको विषयमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौँ, अखिल क्रान्तिकारी र क्याम्पस प्रशासनबीच सात बँुदे सहमति भएपछि ताला खोलिएको विद्यार्थी सङ्गठनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कर्मचारी भर्ना प्रक्रियालाई तत्काल अगाडि बढाउने, फर्जी विद्यार्थी विवरण छानबिन गरी त्रिविको नियमानुसार कारबाही गर्ने र बेरुजु देखिएको रु एक करोड ९५ लाख रकमको विषयमा कार्यदल गठन गरी छानबिन गर्ने सहमति भएको बताइएको छ ।

क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिका आधारमा ताला खोली प्रशासनिक कामकाज अगाडि बढाइएको क्याम्पस स्रोतले राससलाई जानकारी दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts