रौतहट, १५ वैशाख । चन्द्रपुर नगरपालिका कार्यालयको भवन आज शिलान्यास गरिएको छ ।
रोशन कन्ट्रक्सन प्रालिले रु दुई करोड चार लाख २० हजारमा ठेक्कामा लिएको यो भवनको निर्माण कार्य आगामी २०७४ चैत २ गते सम्पन्न गरिने छ । यो भवन अत्याधुनिक लिप्mटसहितको दुईतलाको हुनेछ ।
नगरपालिका कार्यालय भवनको शिलान्यास सांसद रामकुमार भट्टराईले गर्नुभएको हो । सो अवसरमा सांसद भट्टराईले चन्द्रपुर नपालाई व्यवस्थित र समृद्ध बनाउन सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताउनुभयो ।
पाँच कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको यो भवन भूकम्प प्रतिरोधीसमेत रहेको छ । कार्यक्रममा चन्द्रपुर नपाका कार्यकारी अधिकृत मीठाराम हुमागार्इंले प्राप्त निर्देशन र मापदण्डअनुसार भवन निर्माण हुन लागेको बताउनुभयो । रासस
No comments:
Post a Comment