काठमाडौँ, १९ चैत । नेपाली कलाकारले विदेशमा आफ्ना कला प्रस्तुत गरी भूकम्पपीडितका लागि रु ४२ लाख (२५ हजार पाउण्ड) सङ्कलन गरेका छन् ।
नेपाली साङ्गीतिक इतिहासमा पहिलो पटक बेलायतको लण्डनस्थित विश्वकै प्रसिद्ध रोयल एल्बर्ट हलमा सन् २०१५ को जुन २८ तारिखमा आयोजित एन इभिनिङ फर गोर्खानामक साङ्गीतिक कार्यक्रममा सो रकम सङ्कलन गरिएको हो ।
कलाकारहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, जेम्स प्रधान, दीपक थापा, सञ्जीव बराइली, अमुल कार्कीलगायतको टोलीले सो कार्यक्रम आयोजना गरी रकम सङ्कलन गरेको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा कलाकारहरुले आ–आफनो गायन प्रस्तुत गर्दै बेलायतमा नेपालका शुभेच्छुकहरुले ठुलो सहयोग गरेको चर्चा गर्नु भयो ।
सङ्कलित रकम चाँडै नै गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएको विद्यालयलाई सहयोग गर्ने सो कार्यक्रमका संयोजक प्रभात रिमालले बताउनुभयो ।
बेलायतको रोयल एल्बर्ट हलमा नेपाली गायकमध्ये प्रथम नेपाली गीत गाउने गायक बन्न योगेश्वर अमात्य सफल हुनुभएको बताइयो । रासस
No comments:
Post a Comment