Saturday, April 16, 2016

भुल्के सिमसार क्षेत्रको विकास गर्ने प्रतिबद्धता

पथरी (मोरङ), ४ वैशाख । मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रभित्र रहेको भुल्के सिमसार क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार सम्पन्न मोरङ क्षेत्र नं २ का सांसद चन्डीप्रसाद राई, स्थानीय बुद्धिजीवी, समाजसेवीबीच सम्पन्न भएको अन्तक्र्रियामा उहाँहरुले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

सांसद राईले सो क्षेत्रको पुर्वाधार निर्माणका लागि मन्त्रालयमा बजेटको पहल गर्ने बताउनु भयो । सो छलफलबाट भुल्के सीमसार क्षेत्रलाई संरक्षणका साथै पर्यटनको केन्द्र बनाउने उद्देश्यले विभिन्न उप–समिति समेत गठन गरिएको छ ।

भुल्के सिमसार परियोजना निर्माण कार्य सम्पन्न गर्न शान्ति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार प्रेम चोङवाङको संयोजकत्वमा सात सदस्यीय निर्माण समिति गठन भएको छ ।
यसैगरी, सम्पूर्ण निर्माण कार्यको अनुगमनका लागि समूहका अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा एक अनुगमन समिति समेत गठन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts