काठमाडौँ, ४ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको नववर्षको शुभकामना तथा क्यालेण्डर लोकार्पण कार्यक्रममा उहाँले काँग्रेस सरकारमा जाने गलत प्रचार भएको उल्लेख गर्नुभयो ।
नेता सिंहले आफ्नो पार्टीको सरकारको पालामा स्थानीय निकायको निर्वाचन गर्न चाहे तापनि राजनीति सहमति जुट्न नसकेको भन्दै अब स्थानीय निकायको निर्वाचन चाँडो गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले काँग्रेसलाई सत्तासित मात्र जोड्न नहुने भन्दै प्रजातान्त्रिक पद्दतिको विकासका लागि काँग्रेसले खेलेको भूमिका सम्झन आग्रह गर्नुभयो ।
नेता सिंहले अब वडा तह देखिनै महाधिवेशनले पारित गरेका नीति कार्यक्रम कार्यन्वयनमा लाग्न कार्यकतालाई निर्देशन दिनुभयो । उहाँले काँग्रेसले नेतृत्व गरेको संविधान काँग्रेसले नै कार्यन्वयन गर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment