बुटवल, २३ चैत । रुपन्देहीको सालझन्डीमा सञ्चालित प्रथम रामनाथ ढकाल स्मृतिकप भलिबलको उपाधी नेपाल पुलिस क्लबले हात पारेको छ ।
नेकपा (एमाले) रुपन्देही क्षेत्र नं ५ को आयोजनामा सालझन्डीमा सोमबार सम्पन्न सो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल आर्मीलाई ३–२ को सेटले हराउँदै पुलिसले जित हासिल गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा नेपाल पुलिस क्लबले २५–१९, २५–१० र १५–७ को सेटमा आर्मीलाई पराजित गरेको थियो ।
उपाधिसँगै नेपाल पुलिसले नगद रु एक लाख एक हजार १०० सहित कप, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यस्तै, द्वितीय बनेको नेपाल आर्मीले नगद रु ५१ हजार १०० सहित कप, मेडल र प्रमाणपत्र हात पा¥यो । तृतीय भने पश्चिमाञ्चल टिम भयो ।
तृतीय भएको पश्चिमाञ्चलले नगद रु ३१ हजार १०० सहित कप मेडल र प्रमाणपत्र हात पा¥यो । विजयी टिम तथा खेलाडीलाई पूर्वमन्त्री एवम् एमाले सचिव प्रदीप ज्ञवाली, एमाले केन्द्रीय सदस्य लीला गिरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment