Monday, April 4, 2016

तलबको रकम अरुको शौचालय निर्माणमा

कञ्चनपुर, २३ चैत । कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्की टोलमा बस्दै आउनुभएका राजुराम सार्कीले सर्वसाधारणको शौचालयमा पहुँच पु¥याउनका लागि आफ्नो तलब खर्चेर निर्माण सामग्री प्रदान गर्दै आउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ र हरियो वन कार्यक्रमको कार्यक्रम सहायक पदमा कार्यगत उहाँले बेदकोट नगरपालिकाको समन्वयमा गरिबीको चपेटामा रहेका २४ भन्दा बढी परिवारलाई शौचालय निर्माण सामग्री प्रदान गर्नुभएको छ । “मासिक रुपमा पाउने तलबबाट प्रतिमहिना पाँच हजार शौचालय निर्माण गर्नबाट वञ्चित परिवारका लागि छुट्टयाई सहयोग गर्ने योजना बनाएको छु” उहाँले भन्नुभयो ।

गरिबी र अशिक्षाका कारण धेरै परिवारले शौचालयको प्रयोग नगर्दा सङ्क्रामक रोगको सिकार हुनु परेकाले आफूले पाउँदै आएको तलब खर्चेर सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

नगरपालिकाले थालेको खुला दिसामुक्त क्षेत्र घोषणाको कार्यक्रममा समेत सघाउ पु¥याउने उद्देश्य रहेको उहाँको भनाइ रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts