Sunday, April 10, 2016

सहकारी सङ्घमा पुनः दुलाल

ललितपुर, २८ चैत । जिल्ला सहकारी सङ्घको अध्यक्षमा आगामी पाँच वर्षका लागि पुनः माधव दुलाल निर्वाचित हुनुभएको छ ।

यस्तै सङ्घको उपाध्यक्षमा रामशरण बस्नेत, सञ्चालक सदस्यहरुमा शशीधर पोखरेल, कर्ण देशार, केदार गोर्खाली, विनोद डङ्गोल, राजु खतिवडा, अम्बिकाकुमारी थापा र इन्द्र घिमिरे निर्वाचित भएको निर्वाचन अधिकृत विजयराज घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी लेखा संयोजकमा अनिलवीर बज्राचार्य तथा सदस्यहरुमा अमृतबहादुर महर्जन र प्रेमनारायण घिमिरे चयन भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts