Monday, April 18, 2016

कला र संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्वः पोखरेल

काठमाडौँ, ६ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले कला र संस्कृति राज्यको सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आज यहाँ आयोजना गरेको ‘सामूहिक गीति सङ्ग्रह सार्वजनिक कार्यक्रममा उहाँले कला र संस्कृति राष्ट्रको पहिचान भएकाले बचाइराख्नु आवश्यक रहेको बताउनुभयो ।

“सबै जातजातिका आआफ्नै कला, धर्म र संस्कृति छन्, लोकभाका, लोकसंस्कृति छन्, तीनको संरक्षण गर्न राष्ट्रिय सङ्ग्रहालयको स्थापना गर्न आवश्यक छ”– मन्त्री पोखरेलले भन्नुभयो ।
उहाँले गीत÷सङ्गीत जनभावनालाई समेट्दै परिवर्तन गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

लोकगायिका पूर्णकला बिसी र विनोज बाजुरेलीले नेपाल कला र संस्कृतिले धनी भए पनि राज्यले कलाको सम्मान र संरक्षणमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

सञ्चारकर्मी नेपालका सल्लाहकार गोविन्द गिरी, अध्यक्ष हरिबल्लभ नेपाललगायतले नेपालको पूर्वदेखि पश्चिमसम्म फरक फरक लोक संस्कृति भएको हुनाले त्यसको संरक्षण संंस्कृति मन्त्रालयले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न गीति एल्बमहरु समेत सार्वजनिक गरिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts