Monday, April 18, 2016

खतराको सूचीमा नेपाली सम्पदा नरहेको

काठमाडौँ, ६ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पुनःनिर्माण नै गर्न नसक्ने गरी खतराको सूचीमा नेपाली सम्पदा नरहेको बताउनुभएको छ ।
नेपाल सम्पदा सङ्घले आज विश्व सम्पदा दिवसका अवसरका आयोजना गरेको कार्यक्रममा उहाँले नेपालका सम्पदा खतराको सूचीमा राखेर आतङ्कित बनाउने काम भइरहेको टिप्पणी गर्दै भन्नुभयो, “नेपालको सम्पदा पुर्खाको सम्पत्ति हो, भावी पुस्ताका लागि संरक्षण गरेर राख्नुपर्ने दायित्व हामीमा छ, अन्तर्राष्ट्रियस्तरमा नेपालका सम्पदा खतराको सूचीमा भनेर आतङ्कित बनाउने काम भएको छ, त्यो होइन ।”
विश्व सम्पदा परिषद्को सदस्य राष्ट्र भएकाले नेपालका प्रत्येक सम्पदाको संरक्षण गर्नु सरकारको दायित्व हुने बताउँदै उहाँले भूकम्पबाट क्षति भएका सम्पदाको पुनःनिर्माण जति सक्दो छिटो गरिर्ने विश्वास दिलाउनुभयो ।

पुरातत्व विमागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पका कारण ७५३ पुरातत्विक सम्पदाको क्षति भएको जानकारी दिँदै त्यसको पुनःनिर्माण दुरुस्तै र बलियो हुने बताउनुभयो । सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले प्रत्येक वर्ष अप्रिल १८ तारिखका दिन विश्व सम्पदा दिवसका अवसरमा आफूहरुले नेपाली सम्पदाको विश्व समुदायमा चिनाउने उद्देश्यले ३५ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts