Monday, April 4, 2016

फलेवासमा खानेपानीको हाहाकार

फलेवास (पर्वत), २३ चैत । फलेवास क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ ।

गर्मीयाम सुरु भएसँगै मुडिकुवा, खानीगाउँ र देवीस्थानमा खानेपानीको अभाव सिर्जना भएको हो । वर्षायाममा स्थानीय मूल तथा नहरमा आउने पानीको प्रयोग गर्न सकिने भए पनि हिउँदका केही महिना भने खानेपानीको चर्को अभाव हुन थालेको छ ।

फलेवास क्षेत्रमा पर्ने खानीगाउँ र देवीस्थान गाविसमा दुई सातादेखि धारामा पानी नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । वर्षात्को समयमा पर्याप्त पानी भए पनि फागुनदेखि असारसम्म सो समस्या झेल्नुपरेको छ ।

भौगोलिक वनावटले निकै समथर भूभाग रहेको उक्त ठाउँमा सुक्खायाममा आकासे पानी र ट्यांकीको सीमित पानीले कष्टकर जीवन गुजार्नुपर्ने बाध्यता रहेको खानीगाउँका मोहन थापाले गुनासो गर्नुभयो ।

करिब ५०० भन्दा बढी घरधुरी रहेको खानीगाउँ गाविस र देवीस्थान गाविसमा अहिले करिब एक दर्जन धारामा मात्रै पानी आउने गरेको छ । बिहान बेलुका खानेपानीको जोहो गर्न लाइनै बस्नुपर्ने समस्या रहेको देवीस्थानकी वर्षा श्रेष्ठले गुनासो गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts