Monday, April 4, 2016

एसएलसी परीक्षाको शिक्षा मन्त्रीद्वारा निरीक्षण

बनेपा, २३ चैत । जारी प्रवेशिका परीक्षा (एसएलसी) को शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज काभ्रेपलाञ्चोकमा निरीक्षण गर्नुभएको छ ।

जिल्लाको नासिकास्थान गाविस साँगामा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयको परीक्षा केन्द्र र बनेपास्थित आजाद उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा उहाँले निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि आयोजित अन्तक्र्रियामा मन्त्री पोखरेलले पहिलेदेखि आएका सुझावका आधारमा एसएलसीमा ग्रेडिङ प्रणाली सुरु भएको उल्लेख गर्नुुभयो ।

उहाँले शिक्षामा अधिकारवादी दृष्टिकोणबाट पुनर्गठन सुरु भएको उल्लेख गर्दै तीन वर्षभित्रमा सबै शैक्षिक संस्था पुनःनिर्माण गर्न रु ४५ अर्ब बजेट लागत लाग्ने बताउनुभयो ।

भूकम्पप्रभावित १४ जिल्लामा सबैभन्दा बढी पुनःनिर्माणको काम हुनुपर्ने तर सबैभन्दा कम काम भएको छ उहाँले भन्नुभयो । मन्त्री पोखरेलले शैक्षिक संस्था पुनःनिर्माणको लागि ११ जिल्लामा सर्वे भएको र अन्य जिल्लामा पनि छिट्टै काम सुरु हुने जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले जिल्लामा २०४२ सालदेखि दरबन्दी मिलान हुन नसकेको उल्लेख गर्दै शिक्षाले प्राथमिकता नपाएको बताउनुभयो ।

सो अवसरमा जिल्ला शिक्षा कार्यालय, धुलिखेलका अधिकृत प्रकाशचन्द्र ढुङ्गेलले एसएलसी परीक्षाको बारेमा जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts