धनगढी, ७ वैशाख । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले सीमाङ्कन सम्बन्धमा देखिएको विवादको टुङ्गो लगाएर मात्र सङ्घीय प्रदेशको राजधानीको नाम तोक्न उपयुक्त हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले आज गरेको पत्रकारसम्मेलनमा नेता शर्माले विवादको टुङ्गो लगाई कुन ठाउँलाई राजधानी बनाउने र के नाम राख्ने भन्ने विषयमा सङ्घीय प्रदेशलाई नै अधिकार दिनुपर्ने स्पष्ट पार्नुभयो ।
नेता शर्माले संविधानको सफल कार्यान्वयन र मधेसको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राख्नु भयो । रासस
No comments:
Post a Comment