पाँचथर, ७ वैशाख । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा चर्च ब्वाइज काठमाडौँ विजयी बन्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा कञ्चजनजङ्घा क्लब सिलगुढी भारतलाई २—१ को गोल अन्तरले पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजलाई जिताउन खेल सुरु भएको १० मिनेट र ४८ मिनेटमा रमेश दङ्गालले दुवै गोल गरेका थिए । उनी आजको खेलमा ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।
यस्तै जवाफमा सिलगुढी भारतको तर्फबाट पहिलो हाफको ३१आँै मिनेटमा सिद्धान्त खत्रीले एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइलनमा आजको विजेता चर्च ब्वाइज र ताप्लेजुङ ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । रासस
No comments:
Post a Comment