Thursday, April 7, 2016

सालनालसहितको शिशु भेटियो

दोलखा, २५ चैत । दोलखाको भीमेश्वर नगरपालिका वडा नं १० को टाङ्नागी भन्ने जङ्गलमा सालनालसहितको बेबारिसे शिशु भेटिएको छ ।

सदरमुकाम चरिकोटको भ्यूटावरको तल्लो भागको जङ्गलमा लुगाले बेरेर फालिएको र झिँगा भन्किरहेको अवस्थामा स्थानीयवासीले शिशु भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि सो स्थानमा पुगेको प्रहरीले शिशुको जीवितै उद्धार गरेको छ ।

शिशुको अवस्था ठीक रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा अमेन्द्र कुसबाहले बताउनुभयो । उहाँका अनुसार शिशुलाई टाढाबाट फालेका कारण शरीरमा सामान्य चोट लागेको देखिन्छ ।

शिशु जन्मनेबित्तिकै बुधबार नै फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts