तुलसीपुर (दाङ), २३ चैत । जिल्लाको विकट गाविसकोरुपमा चिनिने सैघा गाविस–७ मसिनाघाटमा झोलुङगे पुल निर्माण गरिएको छ ।
झोलुङगे पुल विभागको रु ३५ लाख ८१ हजार, जिल्ला विकास समिति दाङको रु एक लाख ५२ हजार, सैघा गाविसको रु ९० हजार र समुदायको रु ८७ हजार गरी कुल रु ३९ लाख ११ हजार ८९६ को लागतमा सो पुल निर्माण गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नोटबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो पुलको लम्बाई ६८ मिटर रहेको छ । सो पुल निर्माण भएपछि दाङको सैघा, स्युजा, रोल्पाको लखान, प्यूठानको स्वर्गद्वारी र बाजमका नागरिकलाई आवातजावत गर्न सहज हुने भएको छ ।
सो पुलको सोमबार दाङका स्थानीय विकास अधिकारी रमेश गौतमले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै उहाँले पुल निर्माणसँगै अब सैघाका नागरिकले विकासको अनुभूति गर्न पाएको बताउनुभयो । उहाँले यसको उचित संरक्षण गर्नकालागि नागरिकलाई आग्रहसमेत गर्नुभयो । रासस
No comments:
Post a Comment