इनरुवा, २३ चैत । उत्पीडितको अधिकारका लागि अझै पनि आन्दोलनको आवश्यकता रहेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतले बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा सोमबार महिला तथा युवा फोरम नेपालको जिल्ला समायोजन समितिको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहँुदै फोरम सचिव बस्नेतले सो कुरा बताउनुभएको हो ।
मानिसको मानवअधिकार भनेको पहिचान र अधिकार भएको तर त्यसका विरुद्ध राज्य रहेकाले उत्पीडित जनताका लागि आन्दोलनको आवश्यकता रहेको बस्नेतले दाबी गर्नुभयो ।
सोही कार्यक्रममा सङ्घीय समाजवादी महिला फोरम नेपालकी केन्द्रीय अध्यक्ष निर्मला यादवले महिलाको हकअधिकार अझै पनि संविधानमा पूर्णरुपमा समावेश नभएकाले त्यसका विरुद्धमा आन्दोलनको आवश्यकता रहेको आँैल्याउनुभयो ।
महिलाको अधिकारका लागि आफूहरु लड्दै आएको र सबैको हितमा काम गर्दै आएकाले उत्पीडित महिलाको आवाज उठाउने समेत बताउनुभयो । रासस
No comments:
Post a Comment