राजविराज, १३ वैशाख । सप्तरीको दिघवा गाविसमा आज भीषण आगलागी हँुदा रु ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
दिघवा गाविस–४ का सरजुक भगतको गाई गोठबाट अचानक सल्केको आगाले १० परिवारका १८ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीबाट, खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, सुन, चाँदी, गरगहना र नगद गरी रु ५० लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । रासस
No comments:
Post a Comment