Monday, April 25, 2016

छयालिस घाइते

हेटौँडा, १३ वैशाख । झापाबाट काठमाडौँतर्फ जान आइरहेको बा३ख ९८०८ नंको यात्रुबाहक बस र सोही दिशाबाट आएको बा९च ८०३७ नंको कारसँग हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख५७२६ नंको मिनीबस आज साँझ पूर्वपश्चिम राजमार्गको रातमाटेमा ठोक्किँदा ४६ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि हेटौँडाबाट चितवन शिक्षण अस्पताल भरतपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।

अन्य घाइते यात्रुमध्ये २६ जना हेटौँडा अस्पताल र १६ जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीको नियन्त्रण कक्षले जनाएको छ । ठक्कर दिने बस र मिनीबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारबाहीका लागि अघि बढाएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts