Thursday, April 28, 2016

किसानलाई निवृत्तिभरण दिइने

पाँचथर, १६ वैशाख । कृषिमन्त्री हरिबोल गजुरेलले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी युवालाई रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार भेटघाट कार्यक्रममा एकीकृत नेकपा(माओवादी)का नेता गजुरेलले सबै दल एकै ठाउँमा ल्याएर संविधान कार्यान्वयन गराउनका निम्ति नागरिकले जनदबाब दिनुपर्ने बताउनुभयो ।

आजै ‘बिबिसी नेपाली सेवा’को कार्यक्रम ‘साझा सवाल’मा मन्त्री गजुरेलले कृषकलाई विभिन्न चार समूहमा विभाजन गरेर निवृत्तिभरणको व्यवस्था गर्न सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts