कञ्चनपुर, ४ वैशाख । दुर्गम बस्तीमा विद्यालय बनाउनका लागि रकमसहित श्रम गर्न कञ्चनपुरको पिलरीफाँटामा आएको अमेरिकाको लिवर्टी हाइस्कुल वासिङ्टनका अभिभावक र विद्यार्थीको टोली नेपाली संस्कृति र सद्भाव बोकेर घर फर्किएको छ ।
नौ विद्यार्थी र छजना अभिभावकसहितको मणिकाधाम पञ्चकोटी बालविद्यालयको भवन निर्माणका लागि वेलडन संस्थाको सहयोगमा विद्यालयमा श्रम गर्न पुगेको टोलीले एक सातासम्मको बसाइँमा नेपाली संस्कृति, पहिरन, परिकार र भाषाबारे बुझने मौका पाएको छ ।
अमेरिकाबाट श्रम गर्न आउनुभएकी कलिनले विपन्न बस्तीका बासिन्दाका लागि विद्यालय भवन निर्माणका लागि श्रम गर्न पाउँदा र शिक्षामा लगानी गर्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।
यहाँको समुदायसँग बस्न पायाँैं उहाँले भन्नुभयो, “यहाँको चालचलन, संस्कृति र रितिरिवाजबारे जानकारी पाउँदा नौलो अनुभूति लिएर फर्कदै छाँैं ।”
“मिलनसार र मेहनेती समुदायले सिकाएको पाठ आफना लागि नौलो भए पनि यसलाई अपनाउने प्रेरणा मिलेको छ” उहाँले भन्नुभयो ।
लिवर्टी हाइस्कुलका विद्यार्थी क्विनल्याण्डले यस क्षेत्रको पहाड, हावापानी, जङ्गल हेर्न पाउँदा निकै खुसी लागेको र यहाँ बालबालिकासँग अन्तक्र्रियामा नौला कुरा सिकेको बताउनुभयो । यहाँ सिकेका कुरा स्वदेशमा फर्केपछि विद्यालयका साथीसँग साटासाट गर्ने उहाँले बताउनुभयो ।
अभिभावक विद्यार्थीका टिम लिडर मार्थाले भन्नुभयो, “साँच्चै नेपाल स्वर्ग छ, घुम्नका लागि समय मिलाएर यहाँ आउन बेस छ ।” आफना साथीलाई नेपालको सौर्दयताबारे जानकारी दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
टोलीलाई शुक्रबार यहाँका स्थानीय बासिन्दाले फूलमाला र टिकाटालो गरेर बिदाइ गरेका छन् । एक सातासम्म विद्यालय भवन निर्माणका लागि जग खन्ने, ढुङ्गा, बालुवा बोक्ने, सरिया काटने र बाँध्ने लगायतका कार्य अमेरिकी टोलीले गरेको थियो ।
वेलडन संस्थाको सहयोगमा पिलरीफाँटामा अमेरिकी विद्यार्थी र अभिभावकको सहयोगमा तीन कोठे विद्यालय भवन निर्माणको कार्य सुरु गरिएको छ । खरको छानो भएको विद्यालयमा पानी पर्नासाथ बिदा दिनुपर्ने बाध्यता थियो स्थानीय लक्ष्मण बुढाले भन्नुभयो, “सरकारी पक्षबाट कुनै सहयोग नपाए पनि विदेशी दाताले दिएको रकमले विद्यालय बन्न लागेकोमा खुसी छाँैं ।” रासस
No comments:
Post a Comment